Menu Close

नरेश बि.बि.सी.को संगीतमा “तीजको रहर आइहाल्यो” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं।आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले नरेश बि.बि.सी.को तीज गीत “तीजको रहर आइहाल्यो” सार्वजनिक भएको छ।

कशिस दाहालको शब्द,नरेश बि.बि.सी.को संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मेचु धिमालको सुमधुर स्वर रहेको छ। ए प्लस डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई आदेश गुर्मछानले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सन्तोष राजबाहकको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा उषा प्रकाश बि.सी.र शिशिर भण्डारीको अभिनय रहेको छ। राम कुमार के. सी.ले छायाँङ्कन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । BBC PICTURES को प्रस्तुती रहेको “तीजको रहर आइहाल्यो” म्यूजिक भिडियो Naresh BBC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *