काठमाडौं। नेत्र अर्यालको शब्द,खेम सेन्चुरीको संगीतमा “तिमीलाई पछ्यौरी किन्दिउला नयाँ नयाँ” सार्वजनिक भएको छ।
नेत्र अर्यालको शब्द,खेम सेन्चुरीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका निर्मला देवी बस्नेत र लोक प्रिय गायक खेम सेन्चुरीको स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मौषम हिमालीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा नायक पल शाह र जुना बिश्वोकर्माको अभिनय रहेको छ। अर्जुन तिवारीले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । Prithvi Entertainmentको प्रस्तुती रहेको “तिमीलाई पछ्यौरी किन्दिउला नयाँ नयाँ” म्यूजिक भिडियो Prithvi Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :