काठमाडौं। सुरेश लामा र सन्ध्या कटुवालको सुमधु स्वरमा “मेरो मन तिम्रै भो” सार्वजनिक भएको छ।
सन्तोष दाहालको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त लोक प्रिय गायक सुरेश लामा र सन्ध्या कटुवालको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
दिनेश ठकुल्लाको निर्देशन रहेको उक्त भिडियोमा बिना राउत र श्याम सुनुवारको अभिनय रहेको छ। दुर्गा श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई अनिल बिस्ट प्युठानीले सम्पादन,कलर गरेका हुन् । G Media Connectionको प्रस्तुती रहेको “मेरो मन तिम्रै भो” म्यूजिक भिडियो G Media Connection युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :