काठमाडौं। रमेश बि.जी.को शब्द,रमेशराज भट्टराईको संगीतमा “आगो” सार्वजनिक भएको छ।
रमेश बि.जी.को शब्द,रमेशराज भट्टराईको संगीत रहेको उक्त मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारीको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिस्वाश नेपालले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
शान थापाको निर्देशन,राजिब समरको कोरियोग्राफी रहेको उक्त भिडियोमा आश्मा बिश्वोकर्माको अभिनय रहेको छ। अर्जुन तिवारीले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । Eenakshi Entertainmentको प्रस्तुती रहेको “आगो” म्यूजिक भिडियो
Eenakshi Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :