काठमाडौं।आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिरेन्द्र ढकालको तीज गीत “मेरी मायालाई” सार्वजनिक भएको छ।
बिरेन्द्र ढकालको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारी र लोक प्रिय गायक खेम सेन्चुरीको सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई महेन्द्र भण्डारीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मदन खड्काको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा कमल सिंह र गीता ढुंगानाको अभिनय रहेको छ। राम के.सी.ले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । Blossom Musicको प्रस्तुती रहेको “मेरी मायालाई” म्यूजिक भिडियो
Blossom Birendra Dhakal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :