काठमाडौं। शान्ती श्री परियार र शिव परियारको सुमधुर आवाजमा “झुम्क्या बुलाकी” सार्वजनिक भएको छ।
बिमला बिश्वोकर्माको शब्द,अभि सुनारको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्री परियार र लोक प्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई भद्र ओलीले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राहुल बराइलीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा अभि सुनार/बिना राउत/मिस पबी र प्रिन्स अन्ज़लको अभिनय रहेको छ। नरेश ऐरले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । Smita Sneha Entertainmentको प्रस्तुती रहेको “झुम्क्या बुलाकी” म्यूजिक भिडियो Smita Sneha Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :