काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले कबिता खत्रीको तीज गीत “दिउँला बरिलै” सार्वजनिक भएको छ।
नेत्र अर्यालको शब्द,भगिरथ चलाउनेको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कबिता खत्री र लोक प्रिय गायक भगिरथ चलाउनेको सुमधुर स्वर रहेको छ। 1DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
अशोक बि.क.को निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा लोमश शर्मा र बिना राउतको अभिनय रहेको छ। नवराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन्। कबिता खत्रीको प्रस्तुती रहेको “दिउँला बरिलै” म्यूजिक भिडियो Kabita Khatri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :