काठमाडौं। राधेश्याम “निराश”को शब्द,रमेश श्रेष्ठ “मेलोडी”को संगीतमा “प्रिय तिम्रो” सार्वजनिक भएको छ ।
राधेश्याम “निराश”को शब्द,रमेश श्रेष्ठ “मेलोडी”को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक विश्व नेपालीको सुमधुर स्वर रहेको छ। फील डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सन्दिप कार्कीले संगीत संयोजन र अशोक महर्जनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सन्तोष पोख्रेल (आदित्य)को कथा/निर्देशन रहेको उक्त भिडियोमा महेन्द्र बम,रीतिका गुरुङ (शान्ति) र बिनोद बि.सी.को अभिनय रहेको छ। नबिन तोलांगी (सुजन)ले छायाँङ्कन गरेको भिडियोलाई राज धामीले सम्पादन,कलर गरेका हुन् । रमेश श्रेष्ठ “मेलोडी”को प्रस्तुती रहेको “प्रिय तिम्रो” म्यूजिक भिडियो RAMESH SHRESTHA MELODY युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :