काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सुरेन्द्र सुनारको तीज गीत “बबाल माया बबाल” सार्वजनिक भएको छ ।
कुशल बिश्वोकर्माको शब्द,सुरेन्द्र सुनारको संगीत रहेको उक्त गीतमा शान्तिश्री परियार/सोनु खनाल र सुरेन्द्र सुनारको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामस्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सुनिल छेत्रीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सुनिल छेत्री र केकी अधिकारीको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । सुरेन्द्र सुनारको प्रस्तुती रहेको “बबाल माया बबाल” म्यूजिक भिडियो Surendra Karki युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :