काठमाडौं। नरेन्द्र तिखातरीको सुमधुर आवाजमा “मेरो नजरबाट टाढा गैहाल” सार्वजनिक भएको छ ।
मित्र के.सी.को शब्द,संगीत रहेको उक्त गीतमा नरेन्द्र तिखातरीको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
संदेश रिमालको कथा/निर्देशन रहेको उक्त भिडियोमा जी.बि.चिरन (चिरन्जिबी सापकोटा),आस्था श्रेष्ठ र राज कुमारको अभिनय रहेको छ। नविन गिरिले छायाँङ्कन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन,कलर गरेका हुन् । Aaha Productionको प्रस्तुती रहेको “मेरो नजरबाट टाढा गैहाल” म्यूजिक भिडियो Aaha TV युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :