काठमाडौं। भिम बि.सी.को शब्द,संगीतमा “धोको फेर्न देउ” सार्वजनिक भएको छ ।
भिम बि.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक शम्भु श्रेष्ठको र मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारीको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विश्व अधिकारीले संगीत संयोजन र कुमार रानाले किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोमा भिम खड्का र दीपा पनेरुको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई लक्ष्मन चौहानले सम्पादन,मिन रावलले कलर गरेका हुन् । LB Productionको प्रस्तुती रहेको “धोको फेर्न देउ” म्यूजिक भिडियो
LB Production युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :