काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले कमल अधिकारी तीज गीत “लर्की लर्की नाच्ने हो” सार्वजनिक भएको छ ।
कमल अधिकारीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रानु निरौला को सुमधुर स्वर रहेको छ। गीतलाई कमल अधिकारीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सुवेछा थापाको निर्देशन,उपेन्द्र भण्डारीको कोरियोग्राफी रहेको उक्त भिडियोमा सुवेछा थापा,सुपा खनाल,जोशीका पोख्रेल,रानु निरौला,उमेश खड्का,अक्ष गोले,एन्शो गुरुङ,ऊकॆशम चन्द्र गुरुङ,कमला न्यौपाने,निशा लामा,अरुण गुरुङको अभिनय रहेको छ। रामेश्वोर हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई सुबास देबकोटाले सम्पादन,कलर गरेका हुन् । कमल अधिकारीको प्रस्तुती रहेको “लर्की लर्की नाच्ने हो” म्यूजिक भिडियो Kamal Adhikari युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :