काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले अगनी पराजुलीरी तीज गीत “कसैले माया बुझ्दैन” सार्वजनिक भएको छ ।
अगनी पराजुलीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारीको सुमधुर स्वर रहेको छ।
A One Musician स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुरुषोत्तम सुबेदीले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
निशान एस.के.को निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा अन्जली अधिकारी र समिर खानको अभिनय रहेको छ। दीपक गिरिले छायाँङ्कन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन,कलर गरेका हुन् । AP Musicको प्रस्तुती रहेको “कसैले माया बुझ्दैन” म्यूजिक भिडियो
AP Music युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :