Menu Close

सरोज पोखरेलको तीज गीत “यसपालिको तीज” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सरोज पोखरेलको तीज गीत “यसपालिको तीज” सार्वजनिक भएको छ ।

रविराज कल्पित/बिष्णु भण्डारीको शब्द,सरोज पोखरेलको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ। A One Musician स्टुडियोमा रेकर्ड गरेको गीतलाई देबेश राईले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुरेन्द्र बसेलको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा स्मारिका ढकाल,बिना राउत,आभा थापा र दीपा शाहीको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । सरोज पोखरेलको प्रस्तुती रहेको “यसपालिको तीज” म्यूजिक भिडियो Saroj Pokharel युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *