Menu Close

सुमित्रा कोइराला र पशुपति शर्माको स्वरमा तीज गीत “माईतिको झल्को” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सुमित्रा कोइरालाको तीज गीत “माईतिको झल्को” सार्वजनिक भएको छ ।

सुमित्रा कोइरालाको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुमित्रा कोइराला र लोक प्रिय गायक पशुपति शर्माको सुमधुर स्वर रहेको छ। Dynamic स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिमल छिनालले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

कजिश श्रेष्ठको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा अविशेक खड्का र जुना बिश्वोकर्माको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्माले छायाँङ्कन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । सुमित्रा कोइरालाको प्रस्तुती रहेको “माईतिको झल्को” म्यूजिक भिडियो Sumitra Koirala युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *