काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले तुला आर लामिछानेको तीज गीत “जवानीले पाेल्याे” सार्वजनिक भएको छ ।
तुला आर लामिछानेको शब्द,पवन परियारको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्तीश्री परियारको सुमधुर स्वर रहेको छ।मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई पवन परियारले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सुरेश पाण्डेको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा संचिता बोलाखे र पुस्कर राउतको अभिनय रहेको छ। दिब्य राज सुबेदीले छायाँङ्कन गरेको भिडियोलाई भन्दे प्रसादले सम्पादन,प्रविन ढकालले कलर गरेका हुन् । तुला आर लामिछानेको प्रस्तुती रहेको “जवानीले पाेल्याे” म्यूजिक भिडियो TR Series युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :