काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सारीका के.सी.को तीज गीत “उत्ताउली नभन” सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द,खेम सेन्चुरीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारी र लोक प्रिय गायक खेम सेन्चुरीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
प्रकाश भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सारीका के.सी.र खेम सेन्चुरीको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । सारीका के.सी.को प्रस्तुती रहेको “उत्ताउली नभन” म्यूजिक भिडियो Sarika KC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :