काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले प्रमिला बस्नेतको तीज गीत “माया बस्यो संगिनी” सार्वजनिक भएको छ ।
प्रमिला बस्नेतको शब्द,राजेश थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका टिका प्रसाईंको सुमधुर स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र राजु कार्कीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
केशब राज भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा जुना कार्की,संचिता बोलाखे र टिका प्रसाईंको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई दीन्सन शाहले सम्पादन,कलर गरेका हुन् । प्रमिला बस्नेतको प्रस्तुती रहेको “माया बस्यो संगिनी” म्यूजिक भिडियो Pramila Basnet युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :