Menu Close

उरेश सिग्देलको तीज गीत “बालेनको शहर” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले उरेश सिग्देलको तीज गीत “बालेनको शहर” सार्वजनिक भएको छ ।

उरेश सिग्देलको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। MELODY NEPAL स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन र बिप्लोव अधिकारीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राजिव समरको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा लालना चिमरिया र अनुपा कार्कीको अभिनय रहेको छ। बिशाल थापाले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । उरेश सिग्देलको प्रस्तुती रहेको “बालेनको शहर” म्यूजिक भिडियो
Uresh Sigdel युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *