काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले यज्ञ सापकोटाको तीज गीत “नाचिदेउ छम छम” सार्वजनिक भएको छ ।
यज्ञ सापकोटाको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका प्रतिक्ष्या वाग्ले र लोक प्रिय गायक यज्ञ सापकोटाको सुमधुर स्वर रहेको छ। Ozone स्टुडियोमा रेकर्ड गरेको गीतलाई यम थापाले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
जेरी भण्डारीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा अर्जुन सापकोटा,सुबिक्ष्या सापकोटा र गोविन्द थापाको अभिनय रहेको छ। करण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई सुजन कोइरालाले सम्पादन,कलर गरेका हुन् । अकला देवी म्यूजिकको प्रस्तुती रहेको “नाचिदेउ छम छम”म्यूजिक भिडियो Yagya Sapkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :