काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले शान्ती श्रीस मगरको तीज गीत “बिहे भन्दा पहिले” सार्वजनिक भएको छ ।
सुरेश राना मगरको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्रीस मगरको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
जेरी भण्डारीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा लोसिना लामिछाने,संचिता बोलाखे र दिनेश थापाको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई सुजन कोइरालाले सम्पादन,कलर गरेका हुन् । शान्ती श्रीस मगरको प्रस्तुती रहेको “बिहे भन्दा पहिले” म्यूजिक भिडियो Shanti Shrees Magar युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :