काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सुमी घिमिरे सापकोटाको मौलिक तीज गीत “झुक्यायो बैमानीले” सार्वजनिक भएको छ ।
सुमी घिमिरे सापकोटाको शब्द,हरि गिरि बिमर्शीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका देवी घर्ति मगरको सुमधुर स्वर रहेको छ। 1DB HD स्टुडियोमा रेकर्ड गरेको गीतलाई आकाश नेपालीले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
जेरी भण्डारीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा संचिता बोलाखे र जोन बमको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई सुजन कोइरालाले सम्पादन,कलर गरेका हुन् । सुमी घिमिरे सापकोटाको प्रस्तुती रहेको “झुक्यायो बैमानीले” म्यूजिक भिडियो Sumi Ghimire Sapkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :