Menu Close

निरु सुबेदी र पशुपति शर्माको सुमधुर आवाजमा तीज गीत “मुरली” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले निरु सुबेदीको तीज गीत “मुरली” सार्वजनिक भएको छ ।

शिवजी परियारको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका निरु सुबेदी र लोक प्रिय गायक पशुपति शर्माको सुमधुर स्वर रहेको छ। 1DB HD स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुनिल परियारले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

निशान बानियाको निर्देशन,अमर सुनारको कोरियोग्राफी रहेको उक्त भिडियोमा अविसेख खड्का,कैलाश कठाएत,नारायणी खत्री र निरु सुबेदीको अभिनय रहेको छ। सुरेश श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई सुजन कोइरालाले सम्पादन,कलर गरेका हुन् । निरु सुबेदीको प्रस्तुती रहेको “मुरली” म्यूजिक भिडियो Niru Subedi युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *