काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले समिक्ष्या पौडेलको तीज गीत “हरिया चुराले” सार्वजनिक भएको छ ।
जय देवकोटाको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या पौडेल र लोक प्रिय गायक जय देवकोटाको सुमधुर स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले संगीत संयोजन र प्रेम दीप रामजालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
दिनेश सिंह ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा लोकेश बि.सी. र कृति कुमारीको अभिनय रहेको छ। सरोज शाहीले छायाँङ्कन गरेको भिडियोलाई निराजन के.सी.ले सम्पादन,कलर गरेका हुन् । समिक्ष्या पौडेलको प्रस्तुती रहेको “हरिया चुराले” म्यूजिक भिडियो Ever Pictures युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :