काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले निरु सुबेदीको तीज गीत “दामी देखिन्छ” सार्वजनिक भएको छ।

मन्जित पहाडीको शब्द,खेमराज गौतमको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका निरु सुबेदी र लोक प्रिय गायक पृथ्वीराज खत्रीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खेमराज गौतमले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

निशान बानियाको निर्देशन,माधव श्रेष्ठको कोरियोग्राफी रहेको उक्त भिडियोमा सदिक्ष्या थापा,कैलाश कठाएत,बिक्रम नेपाली र निरु सुबेदीको अभिनय रहेको छ। सुरेश श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई सुजन कोइरालाले सम्पादन,कलर गरेका हुन् । निरु सुबेदीको प्रस्तुती रहेको “दामी देखिन्छ” म्यूजिक भिडियो Niru Subedi युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :