काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले कविता शिवाकोटीको तीज गीत “मै नाँचाैला तीजैमा” सार्वजनिक भएको छ ।
कृष्ण उदाशीको शब्द,गौरभ दर्पणको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कविता शिवाकोटीको सुमधुर स्वर रहेको छ। ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुशल सिंहले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
गौरभ दर्पणको निर्देशन,कवि मिलन बिश्वकर्माको कोरियोग्राफी रहेको उक्त भिडियोमा बिना राउत,आभा थापा,दिपा शाही,शर्मिला बुढाथोकी, कविता शिवाकिटी र कमल सिंह ऐरीको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । Tune & Tone Entertainment को प्रस्तुती रहेको “मै नाँचाैला तीजैमा” म्यूजिक भिडियो TANKA BUDATHOKI
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :