काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले अम्बिका गुरुङको तीज गीत “रिमझिम रिमझिम पानी पर्यो” सार्वजनिक भएको छ ।
अम्बिका गुरुङको शब्द,राजिब शाहको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका ममता राईको सुमधुर स्वर रहेको छ। Music City स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिब शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
सुरेश काफ्लेको निर्देशन रहेको उक्त भिडियोमा सलिजा सापकोटा,समिर सुबेदी र बिबेक श्रेष्ठको अभिनय रहेको छ। सुरेश काफ्लेले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । अम्बिका गुरुङको प्रस्तुती रहेको “रिमझिम रिमझिम पानी पर्यो” म्यूजिक भिडियो Bhavsagar Entertainment LLC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :