काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले पिताम्बर जी.सी.को तीज गीत “म कस्ती देखिए भन राजै ले” सार्वजनिक भएको छ ।
एक नारायण भण्डारीको शब्द,पिताम्बर जी.सी.को संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कमला पोखरेल र लोक प्रिय गायक पिताम्बर जी.सी.को सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुदिप सागरले संगीत संयोजन र श्यामस्वेत रसाइलीले
मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
कुशल शर्माको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सिरिस गौतम,रेजिना रेग्मी,कुशल शर्मा,मनिषा छेत्री,इन्दिरा के.सी.,अन्जु पौडेल,पिताम्बर जी.सी.,ज्ञानु जी.सी.,शोभा श्रेष्ठ,चिना गिरि,कमला के.सी.को अभिनय रहेको छ। गोविन्दा बिस्टले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । पिताम्बर जी.सी.को प्रस्तुती रहेको “म कस्ती देखिए भन राजै ले” म्यूजिक भिडियो Pitambar GC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :