काठमाडौं। अभिनाश थापा/रमेश साउदको शब्द,सौगात जङ्ग थापाको संगीतमा “सुन न ए माया” सार्वजनिक भएको छ ।
अभिनाश थापा/रमेश साउदको शब्द,सौगात जङ्ग थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारी र लोक प्रिय गायक सौगात जङ्ग थापाको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको उक्त भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय रहेको छ। विशाल थापाले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । सौगात जङ्ग थापाको प्रस्तुती रहेको “सुन न ए माया” म्यूजिक भिडियो G Media Connection युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :