भिम बि.सी.को शब्द/संगीतमा “तिमी बिना” सार्वजनिक भएको छ।
भिम बि.सी.को शब्द/संगीत रहेको उक्त गीतमा प्रिय गायक सौगात जंग थापा र मिठो स्वरकी धनी गायिका रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ। ए प्लस डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
जस बहादुर याखा (जसु)को निर्देशन,रोशन बिस्वोकर्माको कोरियोग्राफी रहेको उक्त भिडियोमा मुकेश गुरुङ र शिला गजुरेलको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन/कलर गरेका हुन् । सौगात जंग थापाको प्रस्तुती रहेको “तिमी बिना” म्यूजिक भिडियो G Media Connection युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :