Menu Close

नबिन कुमार शाहीको शब्द,सौगात जंग थापाको संगीतमा “किन किन” सार्वजनिक (भिडियोसहित)

Share

रुपेश राई र रोजिना बस्नेतको सुमधुर स्वरमा “किन किन” सार्वजनिक भएको छ।

नबिन कुमार शाहीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रुपेश राई र मिठो स्वरकी धनी गायिका रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेको हो ।

जस बहादुर याखा (जसु)को निर्देशन,रोशन बिश्वकर्माको कोरीयोग्राफर रहेको उक्त भिडियोमा मनिषा सहनी र प्रवीण डि.सी.को अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन्। रुपेश राईको प्रस्तुती रहेको “किन किन” म्यूजिक भिडियो Nabin Kumar Shahi युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *