रोशन सिंह र अनु चौधरीको सुमधुर स्वरमा “तिमी बाहेक को नै छ र” सार्वजनिक भएको छ।
रोशन सिंहको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रोशन सिंह र मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेको हो ।
मौसम हिमालीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा नबराज उप्रेती र पवित्रा न्यौपानेको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन्। पवित्रा न्यौपानेको प्रस्तुती रहेको “तिमी बाहेक को नै छ र” म्यूजिक भिडियो Pabitra Neupane युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :