मुकुन्द राज शर्माको शब्द,मनि कमल छेत्रीको संगीतमा “मेरो पुण्य मुटु” सार्वजनिक भएको छ।
मुकुन्द राज शर्माको शब्द,मनि कमल छेत्रीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका गीता पाण्डेको सुमधुर स्वर रहेको छ। A One Musician डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पवन वाङ्ग लामाले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेको हो ।
पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा गीता पाण्डे,मुकुन्द राज शर्मा र हरि राम पौडेलको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन्। गीता पाण्डेको प्रस्तुती रहेको “मेरो पुण्य मुटु” म्यूजिक भिडियो Gita Pandey युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :