काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बबिना भट्टराईको तीज गीत “माईतीको आँगन” सार्वजनिक भएको छ ।
सुरज लुइँटेलको शब्द,बबिना भट्टराईको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका बबिना भट्टराई र लोक प्रिय गायक डेभिड शंखरको सुमधुर स्वर रहेको छ। म्यूजिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बलराम समालले संगीत संयोजन र प्रकाश खरेलले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
पुजा ठकुरीको निर्देशन,युमी बलामीको कोरियोग्राफी रहेको उक्त भिडियोमा बबिना भट्टराई,डेभिड शंखर,सुरज र जुनुको अभिनय रहेको छ। दीपक गिरीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । बबिना भट्टराईको प्रस्तुती रहेको “माईतीको आँगन” म्यूजिक भिडियो Babina Bhattarai Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :