Menu Close

मित्र के.सी.को संगीतमा तीज गीत “आमाले कुर्दै छिन” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले रिज्योना कार्कीको तीज गीत “आमाले कुर्दै छिन” सार्वजनिक भएको छ ।

रिज्योना कार्कीको शब्द,मित्र केसीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रिज्योना कार्की,सुनिता खड्का र लोक प्रिय गायक रंजन राई,विजय गुरुङको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

रमेश पुन मगरको निर्देशन रहेको उक्त भिडियोमा बिना राउत र उमेश घोरासैनीको अभिनय रहेको छ। AJ Ajuले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । रिज्योना कार्कीको प्रस्तुती रहेको “आमाले कुर्दै छिन” म्यूजिक भिडियो
Rijyona Karki official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *