Menu Close

कार्की जी (सुबाश कार्की)को संगीतमा “अलबिदा” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। रोशन बिश्वोकर्माको शब्द,प्रमोद खरेलको सुमधुर स्वरमा “अलबिदा” सार्वजनिक भएको छ ।

रोशन बिश्वोकर्माको शब्द,कार्की जी (सुबाश कार्की)को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी,ग्रिष्म पौडेल र कार्की जीको अभिनय रहेको छ। दिपक गिरीले छायाँङ्कन गरेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन,मिन रावलले कलर गरेका हुन् । ग्रिष्म पौडेलको प्रस्तुती रहेको “अलबिदा” म्यूजिक भिडियो Grishma Poudel official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *