Menu Close

रवि शर्माको सुमधुर स्वरमा “यो पागल दुनियाँ” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। दोस्ताजको शब्द,रवि शर्मा र दोस्ताजको संगीतमा “यो पागल दुनियाँ” सार्वजनिक भएको छ ।

दोस्ताजको शब्द,रवि शर्मा र दोस्ताजको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रवि शर्माको सुमधुर स्वर रहेको छ। रियाज डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुस्कर खत्रीले संगीत संयोजन र साजन शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

आदित्य ठकुरी/बिकाश प्रसाईको कथा र बिकाश प्रसाईको निर्देशन रहेको उक्त भिडियोमा इश्वोरी बराल र संजय ढुंगानाको अभिनय रहेको छ। सुमन गहतराजले छायाँङ्कन गरेको भिडियोलाई बिकाश प्रसाईले सम्पादन,कल्पेश बिशोवकर्माले कलर गरेका हुन् । वर्षा सिंह ठकुरी,गोविन्दा खड्का,बाबु कृष्ण प्रसाई निर्माता/प्रविन आचार्य सह-निर्माता र BLACK EYES PICTURES & PRASAI FILMSको प्रस्तुती रहेको “यो पागल दुनियाँ” म्यूजिक भिडियो Prasai Films official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *