Menu Close

सौगात जंग थापा र मेलिना राईको सुमधुर आवाजमा “होनी रेशम” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। पुस्पा सुनुवारको शब्द,सौगात जंग थापाको संगीतमा “होनी रेशम” सार्वजनिक भएको छ ।

पुस्पा सुनुवारको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सौगात जंग थापा र मिठो स्वरकी धनी गायिका मेलिना राईको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

युबराज खत्रीको निर्देशन,सुरेश पाण्डेको कोरियोग्राफी रहेको उक्त भिडियोमा आयुब के.सी. र सिर्जना सिंह ठकुरीको अभिनय रहेको छ। सुमन कार्कीले छायाँङ्कन गरेको भिडियोलाई युबराज खत्रीले सम्पादन,कलर गरेका हुन् । सौगात जंग थापाको प्रस्तुती रहेको “होनी रेशम” म्यूजिक भिडियो Saugat Jung Thapa Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *