काठमाडौं। जानुका तामांगको शब्द,सुदिप परियारको संगीतमा “रानी हजुरको” सार्वजनिक भएको छ ।
जानुका तामांगको शब्द,सुदिप परियारको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बसन्त थापा र मिठो स्वरकी धनी गायिका जानुका तामांगको सुमधुर स्वर रहेको छ। 1DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुदिप परियारले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिनोद भण्डारीको निर्देशन,प्रशान्त मगरको कोरियोग्राफी रहेको उक्त जुना गुरुङ र अनिल पौडेलको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । जानुका तामांगको प्रस्तुती रहेको “रानी हजुरको” म्यूजिक भिडियो Januka Tamang Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :