काठमाडौं। रोशन सिंहको संगीतमा “तिमीलाई हेरी हेरी” सार्वजनिक भएको छ ।
रोशन सिंहको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिक्रम चौहानको निर्देशन,कोरियोग्राफी रहेको उक्त सारिका के.सी. र रामु पुनको अभिनय रहेको छ। कारण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । सारिका के.सी.को प्रस्तुती रहेको “तिमीलाई हेरी हेरी” म्यूजिक भिडियो
Sarika KC Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :