Menu Close

शिशिर ओलीको शब्द,जय देबकोटाको संगीतमामा “डाडै काटेर” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। जय देबकोटा/कुशल बेलबासे र दिपिका बयाम्बु मगर/कबिता श्रेष्ठको सुमधुर स्वरमा “डाडै काटेर” सार्वजनिक भएको छ ।

शिशिर ओली/रमेश प्रकाश मल्लको शब्द,जय देबकोटाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक जय देबकोटा/कुशल बेलबासे र मिठो स्वरकी धनी गायिका दिपिका बयाम्बु मगर/कबिता श्रेष्ठको सुमधुर स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन र जय देबकोटाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रविन थापाको कथा/निर्देशन रहेको उक्त गीतमा जय देबकोटा/एलिना रायमाझी/शिशिर ओली र अयुषा छेत्रीको अभिनय रहेको छ। हरिश महराले छायाँङ्कन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । शिशिर ओलीको प्रस्तुती रहेको “डाडै काटेर” म्यूजिक भिडियो Jaya Devkota Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *