काठमाडौं। बिशाल सोनी र शान्त रानी परियारको सुमधुर आवाजमा “तानातान हानाहान स्याउली बजारमा” सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द,नन्दु परियारको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिशाल सोनी र मिठो स्वरकी धनी गायिका शान्त रानी परियारको सुमधुर स्वर रहेको छ। 1DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मौसम हिमालीको निर्देशन/कोरियोग्राफी रहेको उक्त पल शाह/ बिशाल सोनी र कोमल नेपालीको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । कोमल नेपालीको प्रस्तुती रहेको “तानातान हानाहान स्याउली बजारमा” म्यूजिक भिडियो Komal Nepali Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :