काठमाडौं। रिता के.सी. र आकाश मगरको सुमधुर आवाजमा “माया लाकै हो” सार्वजनिक भएको छ ।
रमेश ओलीको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रिता के.सी. र लोक प्रिय गायक आकाश मगरको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई आकाश मगरले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सुरज खनालको कथा/निर्देशन रहेको उक्त भिडियोमा रमेश ओली र रिना गुरुङको अभिनय रहेको छ। बिशाल परियारले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । रमेश ओलीको प्रस्तुती रहेको “माया लाकै हो” म्यूजिक भिडियो Ramesh Oli official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :