माघ २५, काठमाडौं । पछिलो समयका चर्चित गायक प्रताप दास र सोनिया गोंग्बाको “मायामा ” गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो।
सीता सुबेदीको शब्द रहेको “मायामा” गीतमा सबैको लोक प्रिय गायक प्रताप दास र सोनिया गोंग्बाको समुधुर स्वर रहेको छ। “मायामा” गीतलाई पछिलो समयका चर्चित संगीतकार सरोज पोखरेलले सङ्गीत गर्नु भएको हो भने संगीत संयोजन आमोश तामांगको रहेको छ। एवान म्युजिसिएन स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई राजेश श्रेष्ठले रेकर्ड गरेका हुन् भने मिक्स / मास्टरिङ्ग किसोर थापाको रहेको छ।
यस गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित/बेस्थ नायिका निता ढुंगना र बेस्थ मोडेल अभि सुनारको दमदार अभियनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन नरेश ऐरले गरेका हुन् भने सम्पादन पदम सुबेधीको रहेको छ र म्युजिक भिडियोलाई संगीत सागरले निर्देशन गरेका हुन् । यस भिडियोको कोरीयोग्राफर सागर राना मगरले गरेका हुन्। यस गीतको म्युजिक भिडियोलाई सरोज पोखरेलको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()