माघ २६, काठमाडौं । अहिलेको चर्चित गायक गणेश अधिकारी र पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका समिक्षा अधिकारीको “दहिचिउरे मया” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
गणेश अधिकारीको शब्द/सङ्गीत रहेको “दहिचिउरे माया” को गीतमा चर्चित गायक गणेश अधिकारी र पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका समिक्षा अधिकारीको समुधुर स्वर रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। मालाश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालीले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।
यस गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित/बेस्थ मोडेल अन्जली अधिकारी/ लोमश शर्मा र सबैको मन मुटुमा बस्न सफल बुढोको रोल गर्दै आउनु भयको अर्जुन कुँवर “पितृ बुढो ” र बाल कलाकार सचिन परियार/ अच्तिमा परियारको दमदार अभियनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन शिव पौडेलको रहेको छ र म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन/कोरीयोग्राफर गरेकी हुन् । यस गीतको म्युजिक भिडियोलाई योग्सना डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । यस म्युजिक भिडियोको निर्माता भने अविरल बोहरा/ खिमेश अधिकारी रहेका छन्।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस
