माघ २६, काठमाडौं । अहिलेको चर्चित गायक तथा संगीतकार हरि लम्सालको ‘ज्यानै फाल्नु पहिले’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
यस गीतको शब्द/सङ्गीत बसन्त लम्सालको रहेको छ। गीतमा हरि लम्सालको समुधुर स्वर रहेको छ भने संगीत संयोजन किरण कंडेलको रहेको छ । प्रज्ञा साउड स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई शम्भु तन्डुकारले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।
यस गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल / नायिका रिमा बिश्वोकर्मा र बाल कलाकार श्रीवानी थापाको दमदार अभियनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन बुद्द थापाले गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको छ र म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()