माघ २७, काठमाडौं । अहिलेको चर्चित गायक गणेश अधिकारी र अमृता नेपालीको “पैताला” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
यस गीतले मायाप्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। रमेश परियारको शब्द/सङ्गीत रहेको “पैताला” गीतमा चर्चित गायक गणेश अधिकारी र गायिका अमृता नेपालीको समुधुर स्वर रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। मालाश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालीले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।
यस गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित/बेस्थ मोडेल सगुन शाही / किरण थापा मगरको दमदार अभियनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने ड्रोने अप्रेटर सन्तोष महराले गरेका हुन् र सम्पादन शिव पौडेलको रहेको छ र म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेकी हुन् । यस गीतको म्युजिक भिडियोलाई योग्सना डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस
