Menu Close

प्रताप दासको “बिस्तारै बिस्तारै” नायिका एलिजा गौतमको हट अबतार

Share

माघ २७, काठमाडौं । सबैको लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी कविता श्रेष्ठको आवाजमा “बिस्तारै बिस्तारै” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

उक्त गीतमा अहिलेको चर्चित गीतकार राजेश कुमार श्रेष्ठको शब्दमा र पछिलो समयका चर्चित संगीतकार अलिश कार्की संगीतमा सबैको लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी कविता श्रेष्ठको समुधुर स्वर रहेको छ भने संगीत संयोजन बाबु प्रधानको रहेको छ। यस गीतलाई म्युजिक पार्क स्टुडियोमा रेर्कडीङ्ग गरेको गरेको हो।

नेपाली गीत संगीतको क्षेत्रमा राजेश कुमार श्रेष्ठको रचनामा र अलिश कार्कीको संगीतमा फूल हैन काँडा / हर युग होस् प्रेमको गीतको जस्ता गीतबाट सबै मन जित्न सफल हुनु भयको छ।

अहिलेको चर्चित/बेस्थ नायिका एलिजा गौतम र नायक एसराज गराचको अभियनयमा हट अबतार देख्न सकिन्छ । गोबिन्द राईले निर्देशन गरेको यस भिडियोलाई ज्ञानु सुब्बाले कोरीयोग्राफर गरेका हुन्। यस म्युजिक भिडियोको छायांकन/सम्पादन दिपेन बस्नेतले गरेका हुन् भने ड्रोन अप्रेटर नागीन धिमालले गरेका हुन् । यस गीतको म्युजिक भिडियो गोबिन्द राई इनटरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *