माघ २८, काठमाडौं । मुकुन्द भट्ट निर्माण तथा निर्देशक र अभिनेता सौगात मल्ल अभिनित चलचित्र ‘लप्पन छप्पन २’ चैत २७ गते देखि
देश भरि रिलिज हुने भएको छ।
एक्सन ड्रामा फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।
फिल्ममा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
फिल्मको टेलर हेर्न
तल लिंक मा क्लिक गर्नुहोस
