माघ २८, काठमाडौं । सबैको लोक प्रिय गायक खेम सेन्चुरी र मिठो स्वरकी धनी पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका समिक्षा अधिकारीको पहिलो गीत “सिरक सिरानी” सार्बजनिक भएको छ।
यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
उक्त गीतमा अहिलेको चर्चित गीतकार नेत्र अर्यालको शब्दमा र पछिलो समयका चर्चित संगीतकार खेम सेन्चुरीको संगीतमा सबैको लोक प्रिय गायक खेम सेन्चुरी र मिठो स्वरकी धनी समिक्षा अधिकारीको समुधुर स्वर रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। मालाश्री स्टुडियोमा रेर्कडीङ्ग गीतलाई खडक बाजुरालीले मिक्स / मास्टरिङ्ग गरेका हुन् । यस गीतको रेकर्डिष्ट बिमल छिनाल हुन्।
नेपाली गीत संगीतको क्षेत्रमा नेत्र अर्यालको शब्दमा र खेम सेन्चुरीको संगीतमा सोचे झैँ जिन्दगि रैनछ /झ्यालमा पर्दा जस्ता गीतबाट सबै मन जित्न सफल हुनु भएको छ।
अहिलेको चर्चित/बेस्थ मोडल सरिका के सी र पछिलो समयका चर्चित गायक तथा संगीतकार खेम सेन्चुरीको अभियनय देख्न सकिन्छ । कपिल लामाले निर्देशन गरेको यस भिडियोलाई माधव श्रेष्ठले सह-निर्देशन गरेका हुन्। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । शम्भु कुँवरको प्रस्तुती रहेको सिरक सिरानी गीतलाई शुभारम्भ डिजिटल म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()